१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रामेछापमा धावनमार्गबाट चिप्लियो जहाज

रामेछाप / काठमाडाैं — लुक्लामा अवतरण गर्न नसकेर रामेछाप डाइभर्ट भएकाे तारा एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।सोमबार बिहान ९ बजेर ३८ मिनेटमा रामेछाप विमानस्थलमा अवतरणका क्रममा उक्त डोर्नियर विमान पांग्रा पञ्चर हुँदा रनवेबाट चिप्लिएर तारजालीतर्फ ठाेक्किन पुगेकाे हाे । 

रामेछापमा धावनमार्गबाट चिप्लियो जहाज

दुर्घटनामा मानवीय क्षति भएको छैन । उक्त जहाजमा १४ विदेशी यात्रु र तीनजना चालक दलका सदस्य थिए । नाइन एन– एकेके कलसाइन भएकाे उक्त जहाज क्याप्टेन पीजे शाहले उडाएका थिए ।

यति तथा तारा यएरका प्रवक्ता भीमराज राईका अनुसार जहाज बिहान ८ बजेर ४९ मा काठमाडाैंबाट लुक्लाका लागि उडेकाे थियाे । लुक्ला विमानस्थल माैसम खराबीका कारण धावनमार्ग बन्द भएकाले जहाज फाप्लुकाे आकाशबाटै रामेछापकाे मन्थली विमानस्थलमा डाइभर्ट भएकाे थियाे ।

प्रवक्ता राईका अनुसार अवतरणका क्रममा अगाडिकाे पांग्रा पञ्चर भइ जहाज अनियन्त्रित हुँदा विमानस्थलकाे तारबारमा ठाेक्किन पुगेकाे थियाे । उक्त जहाजमा क्षति नपुगेकाे र मंगलबार देखि उडानमा ल्याइने तारा एयरकाे इन्जिनियरिङ विभागले जनाएकाे छ ।

दुर्घटना भएको जहाज धावनमार्गकै छेउमा अड्किएकाले थप उडान र अवतरण हुन सकेका छैनन् । लुक्का जाने यात्रुहरु विमानस्थलमा अलपत्र छन् ।

कुकुर र विमान सँगसँगै

रामेछाप विमानस्थलमा साेमबार बिहानै देखि कुकुर पसेको थियो । कुकुर धावनमार्गमा दौडिरहदाँ पनि जहाजलाई अवतरण र उडान गर्न दिइरहेका थिए ।


विमानस्थलमा पसेको कुकुरका कारण लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज ओभरसुट गराई केही क्षण पछि विपरीत दिशाबाट अवतरण गराइएको थियो । तारा एयरकाे जहाज अवतरण गर्दा पनि कुकुर धावनमार्गमै थियो ।


उक्त विषय गम्भीर रहेको भन्दै स्थानीयले विमानस्थल प्रशासनले उडान र अवतरणमा लापरवाही गरेको आरोप लगाएका छन् ।

क्षमता भन्दा बढी पार्किङ

रामेछाप विमानस्थलमा ४ वटा जहाज पार्किङ गर्ने स्थान भए पनि ७ वटासम्म जहाज कोचाकोच गरेर राखिएको छ । आज तारा एअरको विमान अवतरणको क्रममा दुर्घटना हुँदा पार्किङमा ५ वटा विमान थिए ।

प्रकाशित : वैशाख ९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?