२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सरकारद्वारा सचिवहरुको सरुवा, बढुवा 

विमल खतिवडा

काठमाडौँ — सरकारले केही सचिव, सहसचिवहरुको बढुवा र सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी प्रदेश नम्बर ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्रमुख सचिवकको रुपमा पदस्थापन गरिएको छ ।

सरकारद्वारा सचिवहरुको सरुवा, बढुवा 

त्यस्तै केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयमा पदस्थापन गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा र उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायममुकाम बनाइ प्रमुख सचिवमा पदस्थापन गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रकाशसकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा पदस्थापन गरिएको छ ।

त्यस्तै अतिरिक्त समूहमा सचिव रहेका डा. हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रुपमा पदस्थापन गरिएको छ ।


प्रकाशित : वैशाख ५, २०७६ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?