१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

किर्ते उपभोक्ता समिति प्रकरण : पूर्वसांसद यादव पक्राउ 

अवधेशकुमार झा

राजविराज — प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम फुत्काउन किर्ते उपभोक्ता समिति गठन गरिएकाे प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसांसद एव‌म् राजपा नेपालका केन्द्रिय सदस्य वीपी यादव र राजपा नेपालका केन्द्रिय सदस्य हरीनारायण मण्डललाई पनि पक्राउ गरेको छ ।

सप्तरीका एसपी राजेन्द्र बिष्टका अनुसार किर्ते प्रकरणमा यादवको संलग्नता देखिएपछि थप अनुसन्धानका लागि बिहीबार उनलाई नियन्त्रणमा लिएको हो ।

यादव पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालाबाट समानुपातिक सभासद् थिए ।


रातो पासपोर्ट काण्डमा मुछिएका उनी अहिले राजपा नेपकाका केन्द्रिय सदस्य छन् । किर्ते काण्डमा संलग्न अन्यको खोजी भइरहेको बिष्टले बताए ।


भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-२ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजनामा किर्ते समितिमार्फत बैंक खातासमेत खोलिएको पाइएको थियो ।

केही दिनअघि काम सुरु हुन थालेपछि स्थानीय बासिन्दा कुन निकायबाट भइरहेको हो भन्ने बुझ्न गाउँपालिका कार्यालय पुगेका थिए । गाउँपालिकाले पनि जानकारी नरहेको बताएपछि खोजी सुरु भएको थियो । त्यस क्रममा गाउँपालिकाको नक्कली लेटर प्याडमा समिति बनाइएको र त्यसैका आधारमा राजविराजस्थित पूर्वाधार विकास कार्यालयमा सम्झौता भएको खुलेको हो ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?