१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गाउँपालिका कार्यालयमा बम विष्फोट, झ्याल-ढोका र उपकरणमा क्षति

माधव अर्याल

पाल्पा — जिल्लाको रिब्दीकोट गाउँपालिकामा बुधबार राति शक्तिशाली बम विस्फोट भएको छ । राति १ बजेर २५ मिनेट जाँदा रिब्दीकोट गाउँपालिका-४, खस्यौलीमा रहेको भवनको बाहिरपट्टी बम बिस्फोट भएको स्थानीय गणेशप्रसाद आचार्यले बताए । 

गाउँपालिका कार्यालयमा बम विष्फोट, झ्याल-ढोका र उपकरणमा क्षति

बम बिस्फोट हुँदा गाउँपालिकाको सेवाग्राहीका लागि निर्माण गरेको सेडको छाना, कार्यालयका झ्याल-ढोकाका सिसा, फोटोकपी, कम्प्युटरलगायतमा क्षति पुगेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । बम कसले र किन पड्काएको भन्ने विषयमा प्रष्ट नभएको उनले बताए । प्रहरीले घटनास्थलको मचुल्का उठाएको छ । गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।


बिहीबार नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्द घोषणा गरेकाले पनि सर्वसाधारणलाई आतंकित पार्न बम विष्फोट गराएको हुन सक्ने स्थानीयले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । गाउँपालिका अध्यक्ष नारायण जीसीले गाउँपालिकाको सेवाग्राही प्रतिक्षालय, संगैको वडा नम्बर ३ कार्यालयमा बढी क्षति पुगेको बताए । कर्मचारी र प्रहरीले क्ष्ातिको विवरण संकलन गरेको उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?