१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

१५ सय कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौँ — राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा एक हजार ५ सय ३४ कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

१५ सय कर्मचारीलाई कारबाही सिफारिस

३२ जिल्लाका ५ सय १९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने १ हजार १ सय ३५ र निर्धारित पोसाक नलगाउने ३ सय ९९ जनालाई कारबाहीका लागि सम्बन्धित कार्यालयमा सिफारिस गरिएको केन्द्रले जनाएको छ ।


निजामती सेवा ऐनअनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र त्यसको अभिलेख कार्यालयमा राख्ने छ ।


दुईपटकसम्म चेतावनी दिइसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ ।

प्रकाशित : वैशाख २, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?