कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

समाचार लेख्दा साइबर अपराधमा पत्रकार पक्राउ

पोखरा — बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा प्रहरीले सोमबार पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको छ । 

समाचार लेख्दा साइबर अपराधमा पत्रकार पक्राउ

साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी आएकाले केन्द्रीय अनुसन्धान ब्युराको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । ‘हामीलाई पक्राउ गरेर पठाइदिनु भनेकाले पठाउन लागेका हौँ,’ उनले भने, ‘आरोप र कसुरको अनुसन्धान केन्द्रले नै गर्छ ।’


गिरीले गत शुक्रवार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतास विरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए । जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन् ।


पक्राउ गरिएका गिरीलाई कास्की प्रहरीले काठमाडौँ पठाउने तयारी गरेको छ । ‘समाचार लेख्दा साइबर क्राइममा कसरी पक्राउ गर्न मिल्छ ?,’ पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले भने, ‘काठमाडौँ लगेपनि आजै छाड्ने प्रक्रिया मिलाउन हामीले महासङ्घको केन्द्र र प्रेस काउन्सिलमा खबर गरेका छौँ ।’

प्रकाशित : वैशाख २, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?