२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भन्सार छलेर ल्याएको करोड बढीको कुर्तासहित ३ जना पक्राउ

काठमाडौँ — चेकिङमा रहेका प्रहरीलाई घुस दिएर भारतबाट भन्सार नतिरी ल्याएको करोड बढीको सामान उम्काउन खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भन्सार छलेर ल्याएको करोड बढीको कुर्तासहित ३ जना पक्राउ

दिल्ली-काठमाडौं चल्ने बसको छतमा फल्स बटम बनाएर ४३४७ थान महिलाले लगाउने कुर्तासुरुवाल लुकाएर विभिन्न नाका पार गरेर काठमाडौंसम्म ल्याएका थिए ।


महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार बा५ख ४८४२ नम्बरलाई कामनपा-१५, चमतीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले अबैध रुपमा ल्याएको लत्ताकपडाहरु बरामद गर्ने क्रममा डिउटीमा खटिएको प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।


पक्राउ पर्नेहरुमा बसका चालक काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सर्लाही घर भएका २६ वर्षीय श्याम विश्वकर्मा, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपा रानामगर र नुवाकोट ककनी गाउँपालिका-२ घर भएका २९ वर्षीय भरत तामाङ रहेका छन् ।


महानगरीय प्रहरी परिसरले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : वैशाख २, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?