कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

समिट एयरको विमान चौंथो उडानमा दुर्घटना

टीकाप्रसाद भट्ट

रामेछाप — आइतबार बिहान ६ बजेर १ मिनेट जान नपाउँदै मन्थली (रामेछाप) बाट विदेशी पर्यटक बोकेर समिट एयरको नाईन एन ए एमएच विमान अकाशिएको थियो । जतिबेला मन्थलीका धेरै मानिस उठिसकेका थिएनन् । मन्थली विमानस्थलमा राति राखिएका ७ मध्ये त्यही जहाजले नै पहिलो उडान गरेको थियो । 

समिट एयरको विमान चौंथो उडानमा दुर्घटना

विमानस्थलका एटिसी प्रह्लाद निरौलाका अनुसार मन्थलीबाट तीनवटा उडान गरिसकेर उक्त जहाज चौंथो पटक लुक्ला पुगेको थियो । चौथो पटकमा लुक्का-मन्थली रुटमा फर्कनका लागि धावनमार्गलाई छाड्दै गर्दा उक्त विमान चिप्लिएर उत्तरतर्फ पुग्यो र दुर्घटना भयो ।

मन्थलीमा राति बसेका पाइलट रवीन्द्र रोकाया र को-पाइलट सुजित ढुंगाना दुवै बिहान ५ नबज्दै तयार भएका थिए । उनीहरु साढे ५ बजे नै विमानस्थलमा राखिएको जहाजको ककपिट पसिसकेका थिए । ६ नबजेसम्म जहाजलाई उड्न अनुमति थिएन । ६ बज्नै लाग्दा विमान पार्किङस्थलबाट धावनमार्गमा पुगिसकेको थियो । दुई जनाको जोडीले चौथो उडान गरेर पाँचौ खेप यात्रु लिन मन्थलीतर्फ उडान भरेका थिए । उनीहरुको जोडीले आइतबारका लागि एउटा मात्र उडान गर्न बाँकी थियो । नागरिक उडड्यन प्राधिकरणले तोकेको सीमाअनुसार अधिकतम् ५ पटक मात्र उडान गर्न पाइन्छ ।

लुक्लाको मौसम बिग्रेकोले मन्थलीबाट शनिबार उडान भएका थिएनन् । प्रायः दैनिक सरदर ३५ उडान हुने मन्थली-लुक्ला रुटमा शनिबार समिटकै २ उडान मात्र भएका थिए । लुक्काका लागि उडेको सोही विमान बीच बाटोमै मौसम खराबी भएपछि फर्केर मन्थलीमा अवतरण गराइएको थियो । तारा र सीता एयरले शनिबार यात्रु ओसार्न पाएका थिएनन् । दिनभर मौसम सुधारको प्रतिक्षामा बसेका पाइलट, कोपाइलट र एयरहोस्टेजहरू साँझतिर मात्र होटल पुगेका थिए । लुक्लातर्फ जाने सयौं पर्यटक मन्थलीमै अलपत्र थिए ।

रोकाया र ढुंगानाका लागि लुक्ला विमानस्थल नौलो थिएन । लुक्ला विमानस्थलको धावनमार्ग एक ठाउँमा ओरालो छ । त्यही ओरालोमा विमान असमान्य भएर उत्तरतिर बत्तिएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।

प्रकाशित : वैशाख १, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?