कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लुक्लामा जहाज दुर्घटना : काेपाइलटसहित दुई प्रहरी सहायक निरीक्षककाे मृत्यु (अपडेट)

सुरज कुँवर

काठमाडौँ — साेलुखुम्बुकाे लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । पाइलटसहित दुईजना गम्भीर घाइते छन् ।

लुक्लामा जहाज दुर्घटना : काेपाइलटसहित दुई प्रहरी सहायक निरीक्षककाे मृत्यु (अपडेट)

लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरकाे उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेकाे हाे । जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन् ।


त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीकाअनुसार जहाजका कोपाइलट सुजित ढुंगाना* र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हाे ।

विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठकाे काठमाडाैं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरकाे हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन् । उक्त जहाजकी एयर हाेस्टेज रश्मी लामा सामान्य घाइते छिन् । घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।


नागरिक उड्ययन प्राधिकरणका प्रमुख राजकुमार क्षेत्रीकाअनुसार आइतबार बिहान ९ बजेर ६ मिनेटमा दुर्घटना भएकाे हाे ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्रीएयरकाे हेलिकप्टरसित ठोक्किएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । दुर्घटनाबाट मनाङ एयरकाे हेलिकप्टर पुरै क्षतिग्रस्त भएकाे छ । श्रीएयरकाे हेलिकप्टरमा समेत क्षति पुगेकाे छ ।

मृतककाे शव साढे ११ बजे काठमाडाैं ल्याउने तयारी भइरहेकाे छ ।


*सच्याइयो : कोपाइलट सुजित ढुंगाना हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।

प्रकाशित : वैशाख १, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?