कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा ऐक्यबद्धता जनाउन सञ्चारमन्त्री बाँस्कोटाको आग्रह

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा ऐक्यबद्धता जनाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवर्द्धन समितिको आयोजनामा मंगलबार आयोजित "पत्रकारितामा श्रम सवाल" अन्तर्क्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने काम सरकारको रहेको भन्दै त्यसमा पत्रकारको ऐक्यबद्धता हुनुपर्ने बताए । 

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा ऐक्यबद्धता जनाउन सञ्चारमन्त्री बाँस्कोटाको आग्रह

श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले तोकिएको तलब पाउनुपर्ने भन्दै उनले सञ्चारसम्बन्धी चार/पाँचवटा कानुन आउन लागेको जानकारी दिए । नयाँ कानुनले सम्पूर्ण सञ्चार क्षेत्रलाई व्यवस्थित पार्ने मन्त्री बाँस्कोटाको विश्वास छ ।


कार्यक्रममा महासंघका सचिव तथा श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि सरकार पछि हट्न नहुने बताए ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष शेखर अधिकारीले इन्टर्नसीपमा काम गर्ने पत्रकार र लामो समय पत्रकारिता गरेका पत्रकारको पारिश्रमिक एकै हुन नसक्ने भन्दै अलग अलग पारिश्रमिक निर्धारण गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित : चैत्र २६, २०७५ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?