३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भूकम्प स्मृति दिवसमा बिदा

गोरखा — भूकम्प स्मृति दिवसमा बारपाक-सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने भएको छ । गाउँ कार्यपालिका बैठकले ०७६ वैशाख १२ का दिन शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । 

'आउने वैशाख १२ गतेमात्र सार्वजनिक बिदा दिने निर्णय गर्‍यौं,' उनले भने, 'यसलाई निरन्तरता दिने विषयमा छलफल गर्छौं ।,' ०७२ वैशाख १२ को भूकम्पमा परी उक्त गाउँपालिकाका १ सय ३९ ले ज्यान गुमाएका थिए । '


वैशाख १२ गते दिवंगत भएकाको सम्झनामा कार्यक्रम पनि राखेका छौं,' उनले भने । बारपाक केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले यहाँका ७० हजार संरचनामा क्षति पुगेको थियो । गोरखा जिल्लाभर ४ सय ७२ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित : चैत्र २५, २०७५ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?