१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश सरकारद्वारा हावाहुरी प्रभावितलाई १ करोड सहयोग

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ सरकारले हावाहुरीबाट प्रभावित प्रदेश २ का लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट उपलब्ध गराउने निर्णय भएको हो ।

प्रदेश सरकारद्वारा हावाहुरी प्रभावितलाई १ करोड सहयोग

सहयोग रकम प्रदेश २ सरकारको मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताए ।


सरकारले क्यान्सर रोगबाट पीडित भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेललाई पनि उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । ८० वर्षीया पोखरेल तीन महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको थियो । मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै प्रदेशसभा सदस्यको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरी त्यसको प्रिमियम बुझाउने निर्णयसमेत गरेको प्रवक्ता चौधरीले जानकारी दिएका छन् ।


बैठकले प्रदेश ५ को प्रदेश सभामा यसअघि दर्ता भएर विषयगत समितिमा थन्किएको प्रदेश लोकसेवा आयोग विधेयक फिर्ता गर्ने निर्णय पनि गरेको छ । संघीय सरकारले प्रदेश लोकसेवा आयोगको मापदण्ड निर्धारण गरी संघीय संसद्‌बाट पारित गरेकाले त्यही मापदण्डअनुसारको विधेयक तयार गरी पुनः प्रदेश सभामा दर्ता गर्न स्वीकृतिसमेत प्रदान गरेको छ ।

प्रकाशित : चैत्र २२, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?