१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

५ न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ — संघीय संसद्को सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका पाँच जनाविरुद्ध उजुरी आह्वान गरेको छ  । समितिको बिहीबार बसेको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो  ।

५ न्यायाधीशविरुद्ध उजुरी आह्वान

संघीय संसद्को सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका पाँच जनाविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबार बसेको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार उनीहरूविरुद्ध कुनै उजुरी भए वैशाख २ भित्र समिति सचिवालयमा दर्ता गराउन शुक्रबार सूचना प्रकाशित गरिनेछ । चैत १८ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुँयाल तथा उच्च अदालतका न्यायाधीशहरू प्रकाश ढुंगाना, मनोजकुमार शर्मा र सुष्मलता माथेमाको नाम सिफारिस गरेको थियो ।


प्रकाशित : चैत्र २२, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?