१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बारको अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठ विजयी, महासचिवमा लोकतान्त्रिकका पौडेल

काठमाडौँ — नेपाल बार एसोशिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बिहीबार अपराह्न सकिएको मतगणनामा श्रेष्ठ लोकतान्त्रिक समूहका सुनीलकुमार पोखरललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । श्रेष्ठले ४ हजार २२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३ हजार ८ सय ७३ मत पाएका छन् ।

बारको अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठ विजयी, महासचिवमा लोकतान्त्रिकका पौडेल

महासचिवमा भने वामपन्थी उम्मेदवार सुरेन्द्रबहादुर थापालाई हराउँदै लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । पौडेलले ४ हजार १ सय ७८ मत पाउँदा थापाले ३ हजार ७ सय १ मत मात्र पाए ।


निर्वाचनबाट अध्यक्ष, उपाध्यक्षसहित धेरै जसो पदहरुमा वामपन्थी उम्मेदवारहरु विजयी बनेका छन् । यही चैत १६ गते बारको निर्वाचन सम्पन्न भएको थियो ।




प्रकाशित : चैत्र २१, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?