कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बारमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता [मतपरिणामसहित]

काठमाडौँ — कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले फेरि अग्रता लिएका छन् । काठमाडौं उपत्यकामा मतगणनासँगै श्रेष्ठ अगाडि देखिएका हुन् ।

बारमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता [मतपरिणामसहित]

प्रारम्भिक चरणको मतगणनामा अगाडि देखिए पनि उनलाई बुधबार बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले उपत्यका बाहिरको मतगणना चलिरहँदा उछिनेका थिए ।


बुधबारको पछिल्लो परिणाम अनुसार प्रगतिशील समूहका श्रेष्ठले २४ सय ४५ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी पोखरेलले २३ सय ७५ मत ल्याएका छन् । उपाध्यक्षहरुमा पनि प्रगतिशील समूहकाले अग्रता लिइरहे पनि महासचिवमा भने लोकतान्त्रिकका लीलामणि पौडेल अघि देखिएका छन् । पौडेलले २४ सय ५४ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी सुरेन्द्रबहादुर थापाले २३ सय १४ मत पाएका प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।


२५औँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।


निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।


हेर्नुहोस् पछिल्लो परिणाम







प्रकाशित : चैत्र २०, २०७५ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?