कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुकमा निरंकुशतन्त्र फर्कने सम्भव छैन : दाहाल

काठमाडौँ — नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गणतन्त्र उल्ट्याएर मुलुकमा निरंकुशतन्त्र फर्कने सम्भव नरहेको दाबी गरेका छन् । काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा दाहालले इतिहासको मञ्चबाट फ्याँकिएका शासकहरुले बेला-बेला प्रहार गरिरहे पनि संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक, संविधान र देशको समृद्धितर्फको यात्रा नरोकिने बताए ।

मुलुकमा निरंकुशतन्त्र फर्कने सम्भव छैन : दाहाल

आफूलाई युद्ध अपराधी भन्दै अमेरिकामा पक्राउ गराउने कोसिस गरिएको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो गलत विचार र प्रवृत्तिलाई जनमतद्वारा परास्त गर्नु पर्ने बताए । 'झारपात एकचोटी उखेलियो केही पनि होइन भनियो भने झारपात फरि आउँछ । बाली नस्ट गर्न पनि बेर लाउँदैन' उनले अमेरिकामा आफूलाई उजुरी हाल्नेप्रति सांकेतिक रुपमा भने, 'त्यसैले बालीमा उम्रिने झारपात बेला बेलामा फाल्दै गर्नुपर्छ ।'


पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन नेकपा (माओवादी)का अध्यक्षसमेत रहेका दाहालविरुद्ध उजुरी हालेका थिए । तर, अमेरिकी सरकारले दाहालका विषयमा 'नो इन्भेस्टिगेसन नोटिस' जारी गर्‍यो ।


चैत ३ गते अमेरिका गएका दाहाल झन्डै डेढ हप्ताको बसाइ पछि फर्केका थिए ।

प्रकाशित : चैत्र १७, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?