बार एशोसिएसनको निर्वाचन सम्पन्न, मतगणना सोमबारदेखि

काठमाडौँ — नेपाल बार एशोसिएसनको नयाँ कार्यसमितीका लागि भएको निर्वाचन शनिबार सम्पन्न भएको छ । प्रत्यक्ष मतदानअन्तर्गत देशभरकै बार इकाईहरुमा मतदान भएको हो । 

बार एशोसिएसनको निर्वाचन सम्पन्न, मतगणना सोमबारदेखि

देशभरबाट मतपेटिका काठमाडौं ल्याएपछि मतगणना सुरु हुने बार एशोसिएसनले जनाएको छ । बारका पदाधिकारीहरुका अनुसार, छिटोमा सोमबारदेखि मतगणना हुनेछ ।


बार निर्वाचनमा लोकतान्त्रिकतर्फ सुनिलकुमार पोखरेल र प्रगतिशिलतर्फ चण्डेश्वर श्रेष्ठ नेतृत्वको प्यानल प्रतिस्पर्धामा थियो ।

प्रकाशित : चैत्र १६, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?