२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गैरआवासीय नेपालीले १० अर्ब भित्र्याउने प्रतिबद्धता

काठमाडौँ — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले प्रारम्भिक चरणमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने सरकारसँग समझदारी भएको छ । लगानी सम्मेलनको दोस्रो दिन उक्त रकमले नेपाल सरकारको प्राथमिकताका आयोजनामा लगानी गर्ने प्रतिबद्धता सहितको समझदारी भएको हो । 

समझदारीपत्रमा सरकारकातर्फबाट उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह र सङ्घका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका हुन् ।

‘सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानमा गैर आवासीय नेपालीहरूको सहभागिताका निम्ति एउटा सामूहिक लगानी कोष खडा गने विषयमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसार कम्पनी खडा गरिने छ ।’


प्रारम्भिक चरणमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिबद्धता सहित समझदारी भएको हो । ‘यस कोष मार्फत् नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालीको हितमा रहने साना ठुला परियोजनाहरूमा लगानी गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : चैत्र १६, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?