अख्तियारद्वारा आफ्ना पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि आरोपी बनाइयो
कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको मंगलबारको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेसँगै मंगलबार नै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

अख्तियारद्वारा आफ्ना पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता लुकाउनका लागि कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएसँगै पाठकले आयुक्त पदबाट राजिनामा दिएका थिए । पाठकले राजिनामा दिएसँगै उनी विरुद्ध अख्तियारले छानबिन सुरु गरेको थियो ।

उक्त मुद्दामा घुस दिएको आरोपमा नेपाल इन्जिनिरयरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई पनि विपक्षी बनाइएको छ । तर अख्तियारले घुस डिल गरेका पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डीन एवं राजनारायणका भाइ शुभनारायणबारे भने कुनै निर्णय नगरेको स्रोतले जानकारी दिएको छ । अख्तियारले अनुशन्धानको क्रममा बयान लिएर छाडेका न्यौपाने भने फरार छन् ।

यो पनि पढ्नुहोस् :


प्रकाशित : चैत्र १२, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?