कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्द समूहले गर्‍याे आन्दाेलनकाे घाेषणा, चैतभित्र प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौँ — सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै उसले नभए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएकाे छ ।

चन्द समूहले गर्‍याे आन्दाेलनकाे घाेषणा, चैतभित्र प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी

सोमबार महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जारी गरेकाे वक्तव्यमा पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । वक्तव्यमा 'चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आम हड्तालको तयारी’ समेत भनिएको छ ।

सरकारले गत फागुन २८ मा चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता सरकारले चन्दका कार्यकर्तामाथि निगरानी बढाएकाे छ । गत शुक्रबार मध्य क्षेत्रीय कमाण्डर हेमन्तप्रकाश वली 'सुदर्शन'सहितका कार्यकर्ता पक्राउ परेका थिए । आइतबार कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ परेका थिए। यस्तै नवलपरासी, भाेजपुर लगायतका जिल्लामा पनि चन्दका कार्यकर्ता पक्राउ परेका छन् ।

बुधबारदेखि चरणबद्ध आन्दाेलन घाेषणा गर्दै शनिबार नेपाल बन्द आह्वान गरेकाे छ । बुधबार देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने महासचिव 'विप्लव' द्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ ।


१९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ ।


सरकारले भने चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएकाे छ।

यी पनि पढ्नुहाेस्

नेत्रविक्रम समूहलाई वार्तामा आउन प्रधानमन्त्रीले दिए चैतसम्मको अल्टिमेटम

'हतियार बिसाए विप्लव समूहसँग वार्ता सम्भव'

चन्द समूहका उच्च नेताहरू निगरानीमा

विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

प्रकाशित : चैत्र १२, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?