कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चन्द समूहका कोशी ब्युरो संयोजक श्रेष्ठ पक्राउ 

दीपेन्द्र विष्ट

काठमाडौँ — नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको छ । उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो ।

चन्द समूहका कोशी ब्युरो संयोजक श्रेष्ठ पक्राउ 

स्राेतका अनुसार प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने सम्भावना छ ।

द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए । उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन।

सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ । शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।

राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चन्द समूहका गतिविधिको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : चैत्र ११, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?