१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेस नेता पौडेल भन्छन्, 'चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ'

सिन्धुली — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउनुपर्ने बताएका छन् । सिन्धुलीमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडलले चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाएर सरकारले लोकतन्त्रमाथि प्रहार गरेको बताए ।

कांग्रेस नेता पौडेल भन्छन्, 'चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ'

'चन्द समूहलाई कसरी मूलधारमा ल्याउनुपर्छ भन्ने प्रचण्ड र केपी ओलीलाई राम्रोसँग थाहा छ । उहाँहरुले नै समस्यालाई हल गर्नुपर्छ,' उनले भने ।


पौडेलले सरकारलाई सर्वसत्तावादतिर लागेको आरोप लगाए । उनले राजासँग भन्दा कस्युनिष्टसँग लड्न कठिन भएकाले उल्लेख गर्दै चनाखो रहन नेता कार्यकर्तालाई निर्देशन पनि दिए । उनले लोकतन्त्रको रक्षाका लागि मधेस संवाद अभियान चलाउने जानकारी दिए । 'मधेसी जनताको मानसपटलमा भ्रम छर्ने काम गरिएको छ,' उनले भने, 'प्रदेश २ का सबै जिल्लामा म मधेस संवाद अभियान चलाउछु । मधेस, मधेसी र देशको हितमा कुरा बुझाउन अभियानले सार्थक हुने विश्वास छ ।' उनले राष्ट्रियता र धर्मका नाममा जनमत संग्रहको कल्पना पनि गर्न नसकिने बताए ।

प्रकाशित : चैत्र ९, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?