१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सीताको उपचार पाँच दिन लाग्ने

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचार सुरु भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन हकिन्स अस्पतालमा सोमबारदेखि उपचार सुरु भएको सीतासँगै गएकी छोरी गंगाले जानकारी दिइन् । 'मंगलबारबाट विस्तृत उपचार सुरु भएको छ' उनले अमेरिकाबाट टेलिफोनमा भनिन्, 'डाक्टरले उपचारका लागि चार, पाँच दिन लाग्ने बताएका छन् ।'

सीताको उपचार पाँच दिन लाग्ने

सीतालाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पालसाइ (पीएपी) रोग देखिएको छ । अध्यक्ष दाहाल पनि पत्नीको उपचारका लागि अमेरिका भ्रमणमा छन् । उनी १० दिनपछि स्वदेश र्फकने कार्यक्रम छ ।


गंगाले उपचारमा संलग्न डाक्टरले रोग सुधार हुने आश्वासन दिएका छन् । सीताको उपचार भएरहेको हकिन्स अस्पताल अमेरिकाको राम्रोमध्येमा पर्छ । 'आमाको स्वास्थ्य सुधार हुने डाक्टरले भनेका छन्' गंगाले भनिन्, 'सबै रिपोर्ट आएपछि अझ स्पष्ट हुनेछ ।' यसअघि सीताको उपचार सिंगापुरमा भएको थियो । छोरा प्रकाशको निधन भएपछि सीताको रोग बल्झेको थियो ।

अमेरिका भ्रमणमा रहेका दाहालले वाशिङ्टन डीसीस्थित नेपाली दूतावासमा गएर अन्तर्क्रिया गरेका थिए ।


प्रकाशित : चैत्र ६, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?