कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

काभ्रेमा प्रहरी र चन्द समूहबीच गोली हानाहान

जनकराज सापकोटा

काठमाडौँ — काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । नेकपा समूहलाई नियन्त्रण गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखा टोलीमाथि मंगलबार राति फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो । गोली हानाहान रोशी गाउँपालिकामा भएको भनिए पनि पुष्टि भइसकेको छैन । 

काभ्रेमा प्रहरी र चन्द समूहबीच गोली हानाहान

महाशाखाका एसपी केदार ढकालले घटनाबारे पूरै विवरण आइनसकेको बताए । उनले घटनामा प्रहरीतर्फ कुनै क्षति नभएको बताए । उनले भने, 'घटनास्थल कुन ठाउँ हो भन्ने एकीन भएको छैन ।'


महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्षेत्रमा महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको हो ।


मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । त्यसयता सुरक्षा निकायले उसको गतिविधिमा निगरानी बढाएको छ ।


यो पनि


प्रकाशित : चैत्र ५, २०७५ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?