कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निर्मला हत्या प्रकरण : विष्ट र जीसीविरुद्ध पक्राउ पुर्जी, अरू छुटे

कञ्चनपुर — निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जीसीलाई पक्रन जिल्ला अदालतले पुर्जी जारी गरेको छ । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छुटेका छन् । 

निर्मला हत्या प्रकरण : विष्ट र जीसीविरुद्ध पक्राउ पुर्जी, अरू छुटे

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो । जिल्ला अदालतले यातना र प्रमाण नष्ट गरेको (सार्वजनिक न्यायविरुद्धको कसुर) आरोप लागेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकीन्द्र खड्कालाई यातना कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा ४ लाख गरी ९/९ लाख धरौटी लिएको छ । सार्वजनिक न्यायविरुद्धको कसुर लागेका तत्कालीन इन्स्पेक्टर जगदीश भट्टलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।


सार्वजनिक न्यायविरुद्धको कसुरमा तत्कालीन सईहरू हरिसिंह धामीलाई साढे ३ लाख, रामसिंह धामीलाई ३ लाख र प्रहरी हवल्दार चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी तोकिएको थियो । तीन दिनसम्म चलेको थुनछेक बहसपछि अदालतको उक्त आदेश आएको हो । अघिल्लो बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले निर्मला घटनासम्बद्ध यातना र सार्वजनिक न्यायविरुद्धको मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो । मुद्दा दायर भएसँगै तत्कालीन एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जीसीबाहेक ६ जना अदालतमा उपस्थित भएका थिए । उपस्थित नभएका हकमा ७ दिने पक्राउ पुर्जी र ३५ दिने सूचना जारी भइसकेको अदालतले जनाएको छ ।

प्रकाशित : चैत्र १, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?