कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बम पड्काउने र चन्दा असुल्नेहरुसँग वार्ताको औचित्य छैन : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग वार्ता नगर्ने बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गर्नुपर्ने विभिन्न क्षेत्रबाट दबाब बढाइएको बेला प्रधानमन्त्री ओलीले हिंसा र विस्फोट गरी चन्दा आतंक मच्चाउनेसँग वार्ता नहुने बताए ।

बम पड्काउने र चन्दा असुल्नेहरुसँग वार्ताको औचित्य छैन : प्रधानमन्त्री

'बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य छैन,' उनले भने, 'बम हान्नेहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिन्छौं ।'


गत फागुन २४ गते बसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा ध्यानाकर्षण गर्न गएको संघको टोलीसँग मंगलबार प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 'कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्' प्रधानमन्त्री ओलीले भने, 'जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ?'


मुलुक विखण्डनको राजनीति त्यागेर मूलधारमा आउने बताएका सिके राउतसँग राजनीतिक सहमति गर्न फागुन २४ गते काठमाडौंमा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्रीले विप्लव समूहलाई पार्टीको नाम 'लुटेरा समूह' राख्न सुझाएका थिए । पछिल्लो समयमा चन्द समूहले सांसद अपहरण, विभिन्न जिल्लामा चन्दा आतंक र विस्फोटका घटना गराइरहेका छन् ।


अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।


प्रकाशित : फाल्गुन २८, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?