१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वरिष्ठ अधिवक्ता चिन्तनविरुद्ध ठगी मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ करोड ३५ लाख ठगी गरेको अभियोगमा वरिष्ठ अधिवक्ता गोपाल सिवाकोटी चिन्तनसहित चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मानव अधिकारको क्षेत्रमा समेत काम गर्ने चिन्तन त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक छन् ।

अभियोगपत्रमा चिन्तनले कानुन विषयको कलेज खोल्ने प्रलोभन देखाएर प्रतिष्ठित व्यक्तिहरूसँग पैसा उठाएर ठगी गरेको उल्लेख छ ।


काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा चिन्तनका अतिरिक्त नुवाकोटका बद्रीकुमार थापा, चिन्तनकी पत्नी कमला सिटौला, बद्रीकी पत्नी कल्पना थापा बुढाथोकीलाई प्रतिवादी बनाइएको छ । सरकारी वकिलको कार्यालयले आइतबार अबेर मुद्दा दर्ता गरेका कारण अभियुक्तहरूलाई सोमबारमात्र अदालत उपस्थित गराइने जानकारी स्रोतले दिएको छ । अभियुक्त सिटौला र कल्पना थापा फरार छन् ।


चिन्तनले बयानमा कलेज सञ्चालनका लागि पैसा उठाएको स्विकारेका छन् । 'मैले पैसा उठाएर बद्रीलाई दिएको थिएँँ,' सरकारी वकिलसँगको बयानमा चिन्तनले भनेका छन् । बद्रीले भने उक्त रकम तिर्ने दायित्व चिन्तनको भएको बयानमा दाबी गरेका छन् । उनीहरूले रामकुमारी प्रसाईंबाट ललितपुरस्थित एकान्तकुनाको जग्गा पास गरिदिने सर्तमा ६४ लाख ८५ हजार रुपैयाँ लिएका थिए । उनीहरूले जग्गा प्रसाईंलाई नदिई अर्कै व्यक्तिलाई दिएका थिए । चिन्तनसहितले जग्गा दिने भनेर झुक्याई पैसा ठगी गरेको समेत अभियोगपत्रमा उल्लेख छ ।


प्रकाशित : फाल्गुन २६, २०७५ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?