१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्युचाटारमा फेला परेको 'शंकास्पद वस्तु' सेनाद्वारा डिफ्युज

कान्तिपुर संवाददाता

काठमाडौँ — नागार्जुन नगरपालिका-१०, स्युचाटारको कमलपोखरी भन्ने स्थानमा भेटिएको शंकास्पद वस्तुलाई सेनाको बम डिस्फोजल टोलीले केही बेर अघि निष्क्रिय पारेको छ ।

महानगरीर प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार बिहान १० बजे तिर स्थानीयवासीले तार र प्रेसर कुकर जस्तो वस्तु गाडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


सूचना पाए लगत्तै सो स्थानमा पुगेको प्रहरीले प्रारम्भिक अनुशन्धान गरी सेनालाई खबर गरेको थियो । सेनाको स्रोतले डिफ्युज गरेको प्रेसर कुकर भित्र विस्फोटक पदार्थ रहेको जानकारी दिएको छ ।


प्रकाशित : फाल्गुन २६, २०७५ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?