शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति 

सुदीप कैनी

काठमाडौँ — स्वतः स्थायीको माग राखेर आन्दोलनरत राहत, करार, अस्थायी र प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) का शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । 

शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति 

राहत र ईसीडी शिक्षक केन्द्रीय समिति शतप्रतिशत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायीकाे माग गर्दै अन्दाेलनमा थिए ।संघीय शिक्षा विधयेकको मस्यौदामा ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक स्थायी गर्ने प्रावधान छ ।

बुधबार भएकाे सहमतिमा उक्त प्रतिशत हटाउने र आवश्यक कार्यविधि बनाएर आन्तरिक/खुल्ला प्रक्रियाबाट तोकिए बमाेजिम गर्ने सहमति भएको छ ।

सहमति पछि बिहीबार देखि शिक्षकहरु पढाउन फर्किएको राहत शिक्षकका अध्यक्ष खेमराज अधिकारीले बताए ।

मुलुकभर ४० हजार राहत, ३६ हजार ईसीडी, १३ हजार करार र अस्थायी शिक्षक छन् ।

याे पनि पढ्नुहाेस् ....

पढाउन छाडेर आन्दोलन

प्रकाशित : फाल्गुन २३, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?