कतारमा मृत्यु भएका दुई नेपालीका परिवारलाई सवा करोड क्षतिपूर्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — चार वर्षअघि कतारस्थित खोज तथा अनुसन्धान विभागको जेलभित्र मृत्यु भएका दुई नेपाली कामदारका परिवारले ४ लाख रियाल (झन्डै १ करोड २४ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन् ।

कतारमा मृत्यु भएका दुई नेपालीका परिवारलाई सवा करोड क्षतिपूर्ति

नेपाली दूतावासका अनुसार कतार सरकारले म्याग्दीका पूर्णबहादुर सार्की र धनुषाका चिरन कापरका हकदारलाई २/२ लाख रियालको चेक मंगलबार दिएको हो । कतारले मृतकका हकदारलाई दोहामै बोलाएर चेक हस्तान्तरण गरेको थियो । प्रहरीले छानबिनका लागि उनीहरूलाई जेलमा राखेको थियो ।


२०१४ सेप्टेम्बर १४ को राति कोठाभिक्र मोबाइल चार्ज गर्ने त्रममा आगलागी हुँदा निसास्सिएर उनीहरूको मृत्यु भएको थियो । घटनामा दुई नेपालीसहित चार जनाको मृत्यु भएको थियो । तत्कालीन समयमा कतार सरकारले नेपाली दूतावासका कार्यवाहक राजदूतलाई बोलाई घटनाबारे दुःख व्यक्त गरेको थियो ।


क्षतिपूर्तका लागि आन्तरिक मन्त्रालयलले पूर्णबहादुरकी बुहारी शान्ति सार्की र चिरनकी श्रीमती काकुल्ती कापरलाई दोहा बोलाएको थियो । क्षतिपूर्ति नेपाली दूतावासको रोहवरमा दिइएको हो । दूतावासले क्षतिपूर्तिका लागि कतार सरकार र पीडित परिवारबीच समन्वय गरेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?