पूर्वमुमा वडामहारानी अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वमुमा वडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह अस्पताल भर्ना भएकी छन् । ९१ वर्षीया पूर्वमुमा वडामहारानीलाई एक सातादेखि रुघाखोकीलगायतका कारण मंगलबार साँझ नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको हो । उनमा पातलो दिसा र पिसाब कम हुने समस्यासमेत देखिएको छ ।

पूर्वमुमा वडामहारानी अस्पताल भर्ना

नर्भिक अस्पतालकाअनुसार पुर्व मुमा वडामहारानीको विस्तृत स्वास्थ्य जाँच सुरु गरिसकिएको छ । हाल उनलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीवास्तवको प्रत्यक्ष रेखदेखमा उपचार गराइरहेको छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?