कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री पुनको स्वास्थ्यमा सुधार

कान्तिपुर संवाददाता

काठमाडौँ — ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका थिए । उनका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ । 

मन्त्री पुनको स्वास्थ्यमा सुधार

उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन् । मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । यस्तै शुक्रबार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?