कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुकेटार टावरलाई पाइलटको अन्तिम जानकारी - 'हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ'

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । सुकेटार विमानस्थल टावरले हेलिकप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको छ ।

सुकेटार टावरलाई पाइलटको अन्तिम जानकारी - 'हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ'

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए ।

त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा 'हेभ्भी स्नोफल' भएको बताएका थिए ।

प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, 'यता मौसम खराब छ । हेभ्भी स्नोफल भइरहेको छ । म उड्न सक्दिनँ ।'

पर्यटन मन्त्री अधिकारी सहित अन्य यात्रुहरु तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको थियो ।

प्रकाशित : फाल्गुन १५, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?