२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

एनसेल गेटमा बम विस्फोट, ३ घाइते, विप्लव समूहले गराएको आशंका

प्रशान्त माली

ललितपुर — नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोट गराइएको छ । विस्फोटबाट दुई महिला र एक पुरुष घाइते भएका महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रविन्द्रबहादुर धानुकले जानकारी दिए । घाइतेहरुको बी एन्ड बी, मेडिसिटी र अल्का अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइतेको सनाखत भएको छैन ।

एनसेल गेटमा बम विस्फोट, ३ घाइते, विप्लव समूहले गराएको आशंका

एसएसपी धानुकका अनुसार शुक्रबार करिब साढे आठ बजे विस्फोट भएको हो । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चन्दा नदिएको भन्दै बम विस्फोट गराएको आशंका गरेको छ । 'विप्लव समूहले एनसेल प्रालिमा एक महिना अगाडि पत्र पठाएर चन्दा मागेको थियो, 'एसएसपी धानुकले भने 'त्यही पत्रबारे अस्ति ८ गते राजन तिमिल्सिना नेतृत्वमा ३ जना एनसेल कार्यालय पुगेका थिए । सुनुवाइ नभएपछि यो घटना गराइएको हुनसक्छ ।'

घटनास्थलमा सुरक्षाकर्मीले घेरा हालेर अनुसन्धान जारी राखेका छन् ।


प्रकाशित : फाल्गुन १०, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?