स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै नेकपा निकट विद्यार्थी आन्दोलनमा

तस्बिर : बिजु महर्जन

काठमाडौँ — सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिकाे कार्यालय घेराउ गरेका छन् ।

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै नेकपा निकट विद्यार्थी आन्दोलनमा

साेमबार बिहान ११ बजे अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले उपकुलपति कार्यालयमा प्रदर्शन र घेराउ गरेका हुन ।

दुवै संगठनहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुकी अध्यक्ष नविना लामाले निकालेको विज्ञप्तिअनुसार सोमबार बिहान ११ बजे त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा प्रदर्शनसहित घेराउ र पर्सि फागुन ७ गते देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गरिनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?