कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्री ओलीद्वारा कान्तिपुर कन्क्लेभ उद्धघाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको विद्यमान अर्थतन्त्र र यसका अवसरबारे बहस केन्द्रित गर्ने उद्देश्यले आयोजित दुईदिने कान्तिपुर कन्क्लेभ आइतबारदेखि सुरु भएको छ । काठमाडौंमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको कन्क्लेभमा आगामी दुई दिन युवा उद्यमीदेखि अर्थशास्त्री, विकासविद्, राजनीतिज्ञ, कलाकारदेखि साहित्यकारसम्मले आफ्नो क्षेत्रको चुनौती, अवस्था र सम्भावनाबारे छलफल गर्नेछन् ।

प्रधानमन्त्री ओलीद्वारा कान्तिपुर कन्क्लेभ उद्धघाटन

नेपालको विद्यमान अर्थतन्त्र र यसका अवसरबारे बहस केन्द्रित गर्ने उद्देश्यले आयोजित दुईदिने कान्तिपुर कन्क्लेभ आइतबारदेखि सुरु भएको छ ।

कान्तिपुर कन्क्लेभको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् ।


काठमाडौंमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कन्क्लेभमा आगामी दुई दिन युवा उद्यमीदेखि अर्थशास्त्री, विकासविद्, राजनीतिज्ञ, कलाकारदेखि साहित्यकारसम्मले आफ्नो क्षेत्रको चुनौती, अवस्था र सम्भावनाबारे छलफल गर्नेछन् ।


कन्क्लेभमा स्वागत मन्तव्य राख्दै कान्तिपुर मिडिया ग्रुप (केएमजी)का अध्यक्ष कैलाश सिरोहियाले 'नेपालको सम्भावना प्रस्फुटन' भन्ने नाराका साथ कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले कन्क्लेभको आयोजना गरेको बताए  । अन्तरसम्बन्धित विषयमा छलफल, निचोडको आदानप्रदान र समकालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा समालोचनाका लागि कन्क्लेभ लाभदायी हुने उनको  दाबी थियो।

कन्क्लेभ उद्घाटनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि निर्देशक इडा रिदिहग, एमबी बिर्ला सिमेन्टका कार्यकारी निर्देशक सन्दीप घोषले प्रवचन दिएका थिए ।


दुईदिने कन्क्लेभको अवसरमा युवाहरूले नेपालमा गरिहेको पौरखदेखि, विश्वमञ्चमा नेपालको उपस्थिति र नेपालले भविष्यमा खोल्न सक्ने सम्भावनाका ढोकाहरूको विषयमा छलफल हुनेछ ।

पहिलो दिन आज युथ फर नेपाल शीर्षकमा फरकफरक क्षेत्रमा उपलब्धि हासिल गरेका नेपाली युवाहरूले आफ्नो सफलताको कथा बाँड्ने कार्यक्रम छ । जसमा लेक्स लिम्बु, मिस नेपाल शृंखला खतिवडा, टुटलका सहसंस्थापक शिक्षित भट्ट र सुम्निमा उदासले आफ्ना संघर्ष र सफलताका कथामार्फत अरूलाई प्रेरणा दिने प्रयास गर्नेछन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?