कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘सरकारले काम गर्ने मेसो नै पाएको छैन’

देवनारायण साह

मोरङ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका सरकारले काम गर्ने मेसो नै नपाएको आरोप लगाएका छन् । 

‘सरकारले काम गर्ने मेसो नै पाएको छैन’

विराटनगरमा बिहिबार पत्रकारसँगको कुराकानीमा उनले नेकपा सरकारले काम गर्ने प्राथमिकतासमेत निर्धारण गर्न नसकेको दाबी गरे । अहिलेका सरकारमा विधि र गति दुवै नभएको उनको भनाई थियो ।

पौडेलले पार्टीको महासमितिले विधानलाई परिमार्जन र परिस्कृत गर्न दिएको म्याण्डेट अनुसार नेतृत्व अघि बढ्न नसकेको आरोप लगाए । ‘पार्टी सभापति शेरबहादुर देउवासँग बहुमत छ र त्यसको बलमा पार्टीलाई हाँक्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘यो पार्टी र मुलुक दुवैको हित विपरित छ ।’


कांग्रेसले अहिले आफ्ना एजेण्डा लिई एकतावद्ध भएर जनतामा जानुपर्ने बेला भएको पौडेलले बताए । कांग्रेसका नेता कार्यकत्र्ता व्यवस्थित र पार्टीलाई सुधारेर अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।


प्रकाशित : फाल्गुन २, २०७५ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?