कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीले गैससको कार्यक्रममा जान पूर्वस्वीकृति लिनुपर्ने

काठमाडौँ — शिक्षा मन्त्रालयले पूर्वस्वीकृति लिएर मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको कार्यक्रममा सहभागी हुन कर्मचारीलाई सर्कुलर गरेको छ ।

मन्त्रालयले कार्यक्रमहरूको अध्ययन गरी सहभागी हुन उपयुक्त भएमा मात्र अनुमति दिन मातहतका निकायलाई निर्देशन दिएको छ । व्यक्तिगत पहुँचका आधार गैससको कार्यक्रममा सहभागी हुनु कर्मचारी आचारसंहिता विपरीत हुने मन्त्रालयले प्रस्टाएको हो ।


मुलुकबाहिर सञ्चालन हुने कार्यक्रमको हकमा वैदेशिक भ्रमण स्वीकृति लिएर मात्र जान निर्देशन दिइएको छ । कर्मचारीहरू स्वदेश तथा विदेशमा हुने एनजीओ/आईएनजीओका कार्यक्रममा जथाभावी सहभागी हुन थालेपछि कडाइ गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।


सर्कुलरविपरीत कर्मचारी कार्यक्रममा सहभागी भए प्रचलित कानुनअनुसार कारबाही गरिने शिक्षा सचिव खगराज बरालले बताए ।

प्रकाशित : माघ २७, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?