स्वास्थ्य मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिइरहेका सरकारी चिकित्सक प्रहरी नियन्त्रणमा

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार शान्तिपूर्ण धर्ना दिइरहेका चिकित्सकहरु पक्राउ परेका छन् ।सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले आफूसहित २५ जना चिकित्सकलाई प्रहरीले मन्त्रालयबाटै प्रक्राउ गरेको जानकारी दिए ।

गोडानले कर्मचारी समायोजनको विषयमा असहमति जनाउँदै घर्ना बसेको थियो। उनिहरूले स्वास्थ्य मन्त्रालयले यस अघि कर्मचारी समायोजन लगायतका विषयमा गोडानसँग गरेको सझौता लागु हुनुपर्ने जनाउँदै शान्तिपूर्ण धर्ना दिइरहेका थिए ।


'प्रहरीले लाठीचार्ज गर्‍यो, हामी लाई नराम्ररी पिट्यो,' प्रहरी नियन्त्रणमा रहे‍का डा. पाण्डेले फोनमा भने । नियन्त्रणमा लिएर चिकित्सकहरुलाई प्रहरीले हाल पुलिस क्लबमा राखेको उनले बताए।


प्रकाशित : माघ २७, २०७५ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?