कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेकपाको एकता कार्यदलमा पनि विवाद

काठमाडौँ — नेकपाको एकता प्रस्ताव बनाउन गठित कार्यदलमै प्रतिवेदन बुझाउने विषयमा विवाद भएको छ । झन्डै डेढ महिनासम्म पनि कार्यदलले प्रस्ताव ल्याउन नसकेपछि गत सोमबारको सचिवालय बैठकले जे अवस्थामा छ, त्यही प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । 

नेकपाको एकता कार्यदलमा पनि विवाद

निर्देशनपछि प्रतिवेदन तयार गर्न बिहीबार बसेको बैठकमा सदस्यहरूबीच विवाद भयो । संयोजक रामबहादुर थापाले अहिलेसम्मको प्रगति समेटेर प्रतिवेदन बुझाउनुपर्ने प्रस्ताव गरे भने अन्य सदस्यले सहमति भएका र नभएका विषय छुट्याएर बनाउनुपर्ने बताए ।


केही विषयमा असहमति भयो भन्दैमा कार्यदल नै असफल देखिने काम गर्न नहुने भन्दै वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, वेदुराम भुसाललगायतले प्रतिवेदन बुझाउने विषयमा आपत्ति जनाए ।


सहमति खोज्न कार्यदलको सघन बैठक नबसेको भन्दै उनीहरूले दिइएको जिम्मेवारी पूरा गरेर मात्र प्रतिवेदन बुझाउनुपर्ने धारणा राखेका थिए । संयोजक थापा भने सचिवालयको निर्देशनअनुसार जे जस्तो अवस्था छ, त्यही रिपोर्ट गर्नुपर्छ भन्ने पक्षमा छन् ।


थापाले जबर्जस्ती प्रतिवेदन अघि बढाए अन्य सदस्यले छुट्टै प्रतिवेदन तयार गर्ने चेतावनी दिएपछि कार्यदल बैठक शुक्रबार पनि बस्ने भएको छ । नेकपाभित्र तल्लो तहको एकीकरण नहुँदा संगठनहरू अलपत्र छन् ।

प्रकाशित : माघ २५, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?