कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भोलि र पर्सि भारी वर्षा र हिमपातको सम्भावना 

काठमाडौँ — पश्चिमबाट आएको न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणालीका कारण बुधवार अपरान्हदेखि पोखरासम्म बदली भइसकेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहीबार र शुक्रवार देशैभर बदली हुनेछ ।

भोलि र पर्सि भारी वर्षा र हिमपातको सम्भावना 

‘पश्चिमबाट आएको न्यूनचापीय प्रणालीमा अरबसागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणाली मिसिएपछि देशैभर मौसममा गडबडी हुनेछ’ प्रधानांगले कान्तिपुरसित भने, ‘शनिवारसम्मै असर पर्ने देखिन्छ, आइतबारदेखि घमाइलो हुनेछ ।’

प्रधानांगले पश्चिमका उच्च भागमा भारी हिमपातको सम्भावना रहेको समेत बताए । बिहीबार र शुक्रवार वर्षा भने देशैभरी हुने महाशाखाको अनुमान छ । पश्चिमी भागमा बुधवार रातीदेखि नै वर्षा र हिमपात हुनेछ । बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशैभर हल्कादेखि मध्यम वर्षा र पश्चिमका साथै मध्य भूभागको १/२ स्थानमा भारी वर्षा समेत हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।


‘देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘ पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरूमा भारी हिमपातको पनि सम्भावना छ ।’


शुक्रवार दिउँसो र राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ । शनिवार मध्य र पूर्वी भागमा मात्र बदली हुनेछ । आइतबारदेखि मौसममा सुधार आउने र घमाइलो सुरु हुने मौसमविद्हरूले उल्लेख गरेका छन् ।

प्रकाशित : माघ २३, २०७५ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?