कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव

मकर श्रेष्ठ

काठमाडौँ — नेपाली कांग्रेस तथा राष्ट्रिय जनता पार्टी (राजपा)का  राष्ट्रियसभा सदस्यहरुले संघीय संसदको प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसार संशोधन प्रस्ताव राखेका छन् । 

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव

कांग्रेसका राधेश्याम अधिकारी, सरिता प्रसाईं, प्रकाश पन्त र बद्री पाण्डे र राजपाका बृशेषचन्द्रलाल कर्णले राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।


यी चारैजनाले केसीको माग अनुसार प्रस्तावना, चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा, उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्म र भावनालाई समर्ट्नुपर्ने प्रस्ताव राखेका छन् ।


एउटा विश्वविद्यालयले ५ भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने र उपत्यका बाहिरको हकमा आयोग नीति निर्माण गरी सम्बन्धन दिन सकिने भन्ने संशोधन प्रस्ताव उनीहरुले राखेका छन् । प्रतिनिधि सभाबाट पारित विधेयकमा भने उपत्यका भन्दा बाहिर आशयपत्र पाएर पूर्वाधार पुगेका शिक्षण संस्थालाई सम्बन्धन दिन सकिने प्रावधान राखेको छ ।


त्यस्तै सिटीइभिटीइले सञ्चालन गरेको प्रमाणपत्र तह भन्दा मुनिका स्वास्थ्या शिक्षा सम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरु ५ भित्र फेज आउट गर्नुपर्ने संशोधन राखेका छन् । प्रतिनिधिसभाले पारित गरेको विधेयकमा भने प्रमाण पत्र तह भन्दा तलकालाई फेज आउट गर्दै त्यसलाई स्तरोन्नती गर्न सकिने व्यवस्था गरिएको छ ।


राष्ट्रिय सभाको आज २ बजे बस्ने बैठकले यो विधेयकलाई पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित : माघ १७, २०७५ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?