कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

देशको समृद्धिलाई साकार रुप दिन सबले सङ्कल्प गर्नुपर्छ : दाहाल

'तपाईं हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ, एउटा नयाँ अभियानमा जान्छ'
रासस

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् ।  'राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाईं हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ, एउटा नयाँ अभियानमा जान्छ', उनले भने । 

देशको समृद्धिलाई साकार रुप दिन सबले सङ्कल्प गर्नुपर्छ : दाहाल

चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निम्ति धुर्मुस सुन्तली फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले खेलकै करण कयौँ राष्ट्रलाई एकताबद्ध बनाएको बताए । अध्यक्ष दाहालले मुलुकको अर्थतन्त्र माथि उकास्न र समृद्धि हासिल गर्न अब मुलुकमा खेलको विकास गर्न ढिला भइसकेको धारणा राखे ।


मुलुकको समृद्धिका लागि अब सबै जनताले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले समृद्धिलाई साकार रुप दिन सबले सङ्कल्प गर्नुपर्ने बेला आएको बताए ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले खेलकूदकै कारण नेपाल पछिल्लो समय संसारमा चिनिँदै गएको बताए । उनले खेलकूदको विकास र रङ्गशाला निर्माणका लागि पार्टीका तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वचनबद्धतासमेत व्यक्त गरे ।


युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा सुनारले नेपाली खेलाडीले प्रतिकूलताका बाबजूद अन्तर्राष्ट्रिय सफलता हात पारिरहनु सराहनीय काम हो भने । उनले खेल क्षेत्रको विकासविना मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर मुलुकको सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने कार्यविधि ल्याएको उनले बताए ।


भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सरकारको एक महानगरमा एक सुविधासम्पन्न रङ्गशाला बनाउने कार्यक्रमअनुसार फाउण्डेशनलाई जग्गा प्राप्त गर्न चुनौती नहोस् भनेर जग्गा दिन तयार भएको बताए । उनले दुई वर्षभित्र रङ्गशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच गराउनेसमेत बताए ।

प्रकाशित : माघ १६, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?