कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रधानमन्त्री निवास अगाडि नेविसंघको सिठ्ठी जुलुस, केही कार्यकर्ता पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेट अगाडि मंगलबार बिहान सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री निवास अगाडि नेविसंघको सिठ्ठी जुलुस, केही कार्यकर्ता पक्राउ

निर्मला पन्तको हत्यारालाई कारवाही, अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने लगायतका माग गर्दै विरोधमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सुशील भट्ट, गणेश सापकोटा, निरन्जन थापा, रमेश बस्ताकोटी लागयतका छन् ।

प्रहरीले लगभग २० जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर ट्रकमा हालेर लगेको थियो ।

प्रकाशित : माघ १५, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?