कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भारतद्वारा ३० एम्बुलेन्स र ६ बस सहयोग

काठमाडौँ — भारतले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक संस्था तथा शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ बस सहयोगस्वरूप दिएको छ ।

७० औं गणतन्त्र दिवस मनाउने क्रममा शनिबार भारतीय राजदूत मञ्जिवसिंह पुरीले एम्बुलेन्स र बस हस्तान्तरण गरेका हुन् ।


सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थालाई ७ सय २२ एम्बुलेन्स र १ सय ४२ बस सहयोगस्वरूप प्रदान गरिसकेको दूतावासले जनाएको छ । राजदूत पुरीले शनिबारै गोरखा भारतीय सैनिकका विधवा तथा मृतक परिवारजनलाई ७ करोड २६ लाख रुपैयाँ नगद तथा कम्मल वितरण गरेका थिए ।



प्रकाशित : माघ १२, २०७५ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?