३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजपा संयोजकको जिम्मेवारी यादवलाई  

काठमाडौँ — राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आइतबारदेखि महेन्द्र राय यादवले सम्हाल्ने भएका छन् । चक्रीय प्रणालीअनुसार संयोजकको जिम्मेवारी यादवले पाउन भएका हुन् ।

राजपा संयोजकको जिम्मेवारी यादवलाई  

शनिबार पार्टी कार्यालय बबरमहलमा बसेको बैठकको निर्णयमा भनिएको छ, 'चक्रीय प्रणालीअनुसार मिति २०७५ माघ ६ गतेदेखि राजपा नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी मा.श्री महेन्द्र राय यादव ज्यूलाई दिने निर्णय गरियो ।' शनिबारसम्म संयोजक पदको दायित्व नेता राजेन्द्र महतोले सम्हाले । महतोले गत मंसिरमा संयोजकको जिम्मेवारी पाएका थिए ।

तत्कालीन ६ मधेसकेन्द्रित दलहरु मिलेर गठन भएको राजपाको अध्यक्ष मण्डलमा छ सदस्य छन् ।


बैठकले सहिद कल्याण कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । आन्दोलनमा मारिएका परिवारलाई सहयोग गर्न सहिदहरुको सम्मान स्वरुप कोष स्थापनाको निर्णय गरिएको राजपा संयोजक महतोद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै माघ १६ गते केन्द्रीय पर्यवेक्षकहरुको उपस्थितिमा विभिन्न जिल्ला सदरमुकाममा सदस्यता अिभयानको समीक्षा बैठक गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित : माघ ५, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?