कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विदेशमा लगानी गर्नु भ्रष्टाचार हो, सरकारले छानबिन गर्छ : प्रधानमन्त्री [भिडियोसहित]

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले विदेशी बैंकमा नेपालीले रकम राख्नु र लगानी गर्नु कानुनविपरीत भन्दै सरकारले छानबिन गर्ने बताएका छन् शुक्रबार पहिलो पटक सांसद–प्रधानमन्त्री सीधा प्रश्नोत्तर कार्यक्रममा सांसदहरुका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्वीस बैंकमा नेपालीले राखेको रकम र विदेशमा लगानीबारे सरकारले छानबिन गर्ने बताए । 

विदेशमा लगानी गर्नु भ्रष्टाचार हो, सरकारले छानबिन गर्छ : प्रधानमन्त्री [भिडियोसहित]

प्रधानमन्त्री ओलीले कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडुको प्रश्नको जवाफमा स्वीस बैंकमा नेपाली नागरिकको पैसा रहेको भन्ने विषय कानुनको अवज्ञा र भ्रष्टाचारसँग जोडिएको विषय भएको बताए ।

'सार्वजनिक सञ्चारमाध्यमबाट आएका विषयलाई सरकारले गम्भीररुपमा लिएको छ, देशको कानुनले नदिने कुराहरु गर्नु एक ढंगले भ्रष्टाचार हो' प्रधानमन्त्री ओलीले भने, 'कतिपयले खण्डन गरिसकेका छन्, कतिपयले गरेका छैनन् । खण्डन भएपनि, नभएपनि यसमा छानबिन गर्छौं । सत्यतथ्य पत्ता लगाउने हाम्रो प्रयास हुन्छ ।' उनले सरकार उक्त विषयमा कानुनसम्मत कानुनसम्मत् ढंगले अघि बढ्ने प्रस्ट्याए ।

यो पनि पढौं : नेपाललिक्स : ५५ नेपालीको विदेशमा लगानी

कांग्रेस सांसद बडूले स्वीस बैंकमा जम्मा भएको भनिएको ५२ अर्ब रुपैयाँ र विदेशमा लगानीबारे प्रधानमन्त्रीको स्वीजरल्यान्ड भ्रमणका बेला विषय प्रवेश हुने/नहुने प्रश्न गरेका थिए । सत्तारुढ नेकपा सांसद खगराज अधिकारीले पनि नेपालमा कालोधनको चलखेल र केही नेपालीले विदेशी बैंकमा रकम राखेकोबारे जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री ओली आगामी साता विश्व आर्थिक मञ्चको ५० वर्षको इतिहासमा नेपालको पहिलो प्रतिनिधित्व गर्दै स्विट्जरल्यान्डको डाबोस बैठकमा सहभागी हुँदैछन् ।

हेरौं भिडियो

प्रकाशित : माघ ४, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?