कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैतमा लगानी सम्मेलन गर्ने सरकारको निर्णय

टीकाराम तामाङ

काठमाडौँ — सरकारले आउँदो चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले चैत १५ र १६ गते ‘लगानी सम्मेलन–१९’ गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

चैतमा लगानी सम्मेलन गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेको बास्कोटाले भूकम्पपछि आयोजना गरेको सम्मेलनभन्दा विल्कुलै फरक हुने स्पष्ट पारे ।


उनले भने, ‘अहिले परिस्थिति फेरिएकोले लगानी सम्मेलन हो । त्यो पृथक् छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र नेपालको समृद्धि र सुखी नेपालीको चाहनालाई पूरा गर्न विदेशी राष्ट्र, संस्थालाई आग्रह गर्छौँ ।’ उनले नेपालको समृद्धिको सपनालाई पूरा गर्न विभिन्न राष्ट्रहरूले सहयोग गर्ने विश्वाससमेत व्यक्त गरे ।


सरकारको आयोजनामा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि पुनर्निर्माण र पीडितलाई राहत पुर्‍याउन दाता सम्मेलन भएको थियो ।

उनले सम्मेलनमा नेपालले निर्धारण गरेको समृद्धि र सुखको अभियानमा आर्थिक योगदान गर्न चाहने संसारभरका विभिन्न कम्पनीहरूलाई आमन्त्रण गर्ने बताए । मन्त्री बास्कोटाले लगानी सम्मेलनको तयारीसमेत आरम्भ गरिसकेको जानकारी दिए ।

प्रकाशित : माघ ३, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?