२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

डा.केसीको स्वास्थ्य परीक्षण गर्न भेन्टिलेटरसहितको विशेषज्ञ टोली इलाम प्रस्थान

अतुल मिश्र

काठमाडौँ — अनशनरत  डा.गोविन्द केसीको स्वास्थ्य उपचारमा सघाउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहितको विशेषज्ञ चिकित्सा टोली इलाम प्रस्थान गरेको छ । 

डा.केसीको स्वास्थ्य परीक्षण गर्न भेन्टिलेटरसहितको विशेषज्ञ टोली इलाम प्रस्थान

इलाममा ८ दिनदेखि अशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा उक्त टोली इलामतर्फ लागेको हो । चिकित्सक टोली दिउँसो ३ बजेसम्म इलाम पुग्ने छ।


प्रतिष्ठानका डा. विकास शाहको नेतृत्वमा कार्डियोलोजी विभागका डा. प्रशान्त शाह, इमर्जेन्सी विभागका डा. अजय यादव मेडिसिन, आईसीयुका डा. सविन भण्डारीलगायत ल्याव टेक्नीसियन, नर्ससहितको टोली एम्बुलेन्समा इलामका लागि हिँडेको छ । 'हामी पोर्टेवल भेन्टिलेटर, इसिजी, एडीवी मेसिन, पल्सअक्सिमेट्री, आकस्मिक उपचारमा चाहिने औषधिलगायतका सामाग्रीसहित इलाम पुग्ने क्रममा छौं', एम्बुलेन्समा यात्रारत डा.शाहले टेलिफोनमा भने-'करिब ३ बजे पुगेर डा.साहेवको स्वास्थ्य स्थितिको पूर्ण परीक्षण गर्ने छौं ।'


डा.केसीको मुटु स्वास्थ्यको परीक्षणलगायत विभिन्न प्रकारका जाँचसमेत गरिने छ ।



प्रकाशित : माघ २, २०७५ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?