कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

 नियोजित रुपमा पार्टी फुटाएको विवेकशील साझाको ठहर

टीकाराम तामाङ

काठमाडौँ — विवेकशील साझा पार्टीले नियोजित रुपमा पार्टी फुटाएको ठहर गरेको छ । पार्टी कार्यालय बखुन्डोलमा दुई दिन बसेको केन्द्रीय समिति बैठकले तत्कालीन संयोजक उज्ज्वल थापाले नियोजित रुपमा पार्टी फुटाएको निष्कर्ष निकालेको हो ।

 नियोजित रुपमा पार्टी फुटाएको विवेकशील साझाको ठहर

बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता सूर्यराज आचार्यले भने, ‘तात्कालीक एकजना संयोजकले नियोजित रुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रीय समिति बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रक्रिया सुरु गरेको देखिन्छ ।’

उनले पार्टी विभाजनलाई अनपेक्षित र दुखद् घटनाको रुपमा बैठकले ठहर गरेको बताए ।पार्टीमा शक्तिकेन्द्रिकरण भएको, एकलौटी निर्णय गरेको, आर्थिक अपारदर्शितालगायतको आरोप लगाउँदै संयोजक उज्ज्वल थापाले १६ केन्द्रीय सदस्यसहित शुक्रबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।


प्रवक्ता आचार्यका अनुसार पार्टी विभाजनको पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने जिम्मा संयोजक रविन्द्र मिश्रलाई दिने निर्णयसमेत गरेको छ । त्यस्तै, पार्टी विभाजनबाट सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा उल्लेख्य असर नपरेको मूल्यांकन गरिएको उनले बताए । तर, पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा अन्योल सिर्जना भएको निष्कर्ष निकाल्दै विवेकशील साझाले पार्टीका विभिन्न तहमा गतिविधि सञ्चालन गर्ने बताएको छ ।

यो पनि पढौं : एकताको १७ महिनामै फुट्यो विवेकशील साझा

विवेकशील साझालाई झट्का

माघ १२ मा राष्ट्रिय भेला

पार्टी विभाजनपछि देखापरेका चुनौती र आगामी योजना बारे छलफल गर्न भन्दै विवेकशील साझाले माघ १२ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ । देशभरिका पार्टी प्रतिनिधि सदस्यहरुसहित 'विवेकशील साझा राष्ट्रिय भेला' आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यले जानकारी दिए । त्यस्तै १३ गते राष्ट्रिय सभागृहमा 'विवेकशील साझा : अबको बाटो' शीर्षकमा सार्वजनिक कार्यक्रम आयोजना गरिने छ ।


बैठकको निर्णय जानकारी दिन विवेकशीलले जारी गरेको विज्ञप्ति

प्रकाशित : माघ १, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?